काठमाडौं, १९ फागुन २०७७
आजदेखि सासंदहरुलाई कोरोना विरुद्धको खोप (कोभिसिल्ड) दिन शुरु गरिने भएको छ । फागुन १९ देखि २१ गते सम्म खोप दिइनेछ।
काठमाडौंस्थित मीनभवनमा रहेको निजामती अस्पतालमा उनीहरुलाई खोप लगाउने व्यवस्था गरिएको छ । आज बिहान १० बजेदेखि ४ बजेसम्म खोप कार्यक्रम जारी रहने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताएका छन्। संसद सचिवालयका सम्पूर्ण कर्मचारीलाई पनि खोप दिइनेछ ।
नेपालमा माघ १४ देखि कोरोना विरुद्धको खोप लगाउन शुरु गरिएको हो । सरकारले यही फागुन २३ गतेदेखि समूदायस्तरमा ५५ वर्ष माथिका सबै नागरिकलाई खोप अभियान शुरु गर्दैछ । त्यसका लागि सम्पूर्ण तयारी पूरा भएको समेत जनाइएको छ ।