काठमाडौं, ९ फागुन २०७७
नेपाल सरकारले किनेको कोरोना भाइरसविरुद्धको ‘कोभिसिल्ड’ खोपको पहिलो खोप आइतबार काठमाडौं आइपुग्ने भएको छ ।
नेपाल सरकारले भारतको सेरम इन्स्टिटुट अफ इन्डियाबाट उत्पादिन कोभिसिल्ड खोपको २० लाख डोज किन्न १७ फेब्रुअरीमा सम्झौता गरेको थियो ।
सम्झौता बमोजिमको पहिलो खेपमा १० लाख डोज खोप भोलि एयर इन्डियाको दिल्ली-काठमाडौं १:३० बजेको उडानमार्फत काठमाडौं आउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिर कुमार अधिकारीले जनकारी दिए ।
खोप विमानस्थलबाट टेकुस्थित कोल्डरुममा भण्डारण गरिने उनको भनाइ छ ।
उक्त खोप २३ फागुनदेखि संचालन हुने खोप अभियानका लागि प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमार्फत जिल्लास्थित स्वास्थ्य कार्यालयमा पठाइने मन्त्रालयले जनाएको छ ।