काठमाडौं, २२ माघ २०७७
कोभिड -१९ खोप अभियान अन्तर्गत माघ २४ गते शनिबार सम्म चल्ने भएको छ ।
कोभिड -१९ खोप अभियान अन्तर्गत आज बेलुका ४ बजे सम्म आइपुग्दा २०१ वटा खोप बुथहरुबाट ७७ जिल्लाहरुमा गरेर १ लाख ५८ हजार ४८७ जनाले खोप लगाइसकेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले प्रेस विज्ञप्ति मार्फत जानकारी गराएका छन् ।
जसमध्ये प्रदेश अनुसार प्रदेश नं १ मा २१ हजार ७५४ , प्रदेश नं २ मा २१ हजार १८५ , बागमती प्रदेशमा ५५ हजार ५०४ , गण्डकी प्रदेशमा १७ हजार २६५ , लुम्बिनी प्रदेशमा २३ हजार ७९८ , कर्णाली प्रदेशमा ८ हजार ७२ र सुदुरपश्चिम प्रदेशमा १० हजार ९०७ जनाले खोप लगाएका छन्।
त्यसैगरी प्रेस विज्ञप्ति मार्फत यही माघ २४ गते शनिबार सम्म खोप चल्ने भएकोले सुचना प्रणालीमा दर्ता नभएका कारण खोप सेवा लिन बाट बञ्चित हुन नदिन , नेपाल मेडिकल काउन्सिल, नेपाल नर्सिङ काउन्सिल , नेपाल स्वास्थ्य व्यवसायी परिषद , नेपाल आयुर्वेद मेडिकल काउन्सिल र नेपाल फार्मेसी काउन्सिलको दर्ता प्रमाणपत्र र फोटो सहितको परिचयपत्र लइ आएमा सम्बन्धित खोप केन्द्रलाई व्यवस्था मिलाउन पनि सुचित गरेका डा. गौतमले प्रेस विज्ञप्ति लेखेका छन्।
यस्तो छ प्रेस विज्ञप्ति