Nabil Bank Dhukka Khata Awareness Message
आज मिति : २०८२ असार ९
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu
IRGONOL Cream Magnus Pharma

भक्तपुरका आइसोलेसन खाली, संक्रमितहरू घर घरमा #COVID19 #Isolation #Bhaktapur

HNN Staff by HNN Staff
November 12, 2020
in News
A A
1
Bhaktapur durbar square
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

भक्तपुर ,२६ कार्तिक २०७७

भक्तपुरमा सोमबार १२८ कोरोना सङ्क्रमित थपिए । स्वास्थ्य कार्यालय भक्तपुरका अनुसार आइतबार ६८ र शनिबार ११८ नयाँ सङ्क्रमित थपिएका थिए । दिनको १०० भन्दा बढी नयाँ कोरोना सङ्क्रमित थपिए पनि कोरोना सङ्क्रमितको उपचारका लागि खोलिएका भक्तपुरका आइसोलेसन केन्द्र भने रित्तिन थालेका छन् ।

कोरोना सङ्क्रमितले होम आइसोलेसन रोज्ने क्रम बढेसँगै सङ्क्रमितको सङ्ख्या दिनानुदिन बढे पनि आइसोलेसेन केन्द्र भने रित्तिन थालेका हुन् । भक्तपुरका विभिन्न आइसोलेसन केन्द्रमा ८७१ श्यया छन् तर मङ्गलबार दिउँसोसम्म ती केन्द्रमा जम्मा ५९ जना उपचाररत छन् ।

भक्तपुर अस्पतालमा १५, भक्तपुर क्यान्सर अस्पतालमा छ, सैनिक आवासीय महाविद्यालयमा १५०, डा इवामुरा अस्पतालमा चार, सिद्धि स्मृति अस्पतालमा एक, जनस्वास्थ्य च्याम्हसिंहमा दुई, ब्रह्मायणी आइसोलेसन केन्द्रमा ७५, केएमसी अस्पताल दुवाकोटमा १५०, सैनिक अन्तर्राष्ट्रिय शिक्षालय खरिपाटीमा १३०, खानेपानी तालीम केन्द्र तेलकोटमा २३, विद्युत् प्राधिकरण तालीम केन्द्र खरिपाटीमा २०० श्ययाको आइसोलेसन केन्द्र छ ।

कोभिड -१९ सँग अबको जीवन बाँच्नु पर्दा ध्यान राख्नुपर्ने कुराहरु

त्यसैगरी समिट अस्पतालमा १०, बिपी आँखा अस्पतालमा एक, आरोग्य अस्पतालमा चार, नागरिक सामुदायिक अस्पतालमा तीन, मध्यपुर अस्पतालमा १३, नेपाल कोरियामैत्री नगरपालिका अस्पतालमा नौ, कृषि विकास बैंकको तालीम केन्द्र बोडेमा ५० र वीर दल गण सूर्यविनायकमा ७५ श्ययाको आइसोलेसन केन्द्र रहेको छ ।

तीमध्ये भक्तपुर अस्पतालमा पाँच पुरुष र एक महिला गरी छ, सैनिक महाविद्यालयमा १२ पुरुष र एक महिला गरी १३, ब्रह्मायणीमा पाँच पुरुष र तीन महिला गरी आठ, केएमसी अस्पतालमा तीन पुरुष र तीन महिला गरी छ, सैनिक अन्तर्राष्ट्रिय शिक्षालयमा एक पुरुष तथा विद्युत् प्राधिकरण तालीम केन्द्रमा एक पुरुष सङ्क्रमित उपचाररत छन् ।

त्यसैगरी नेपाल कोरियामैत्री नगरपालिका अस्पतालमा तीन पुरुष र चार महिला गरी सात, मध्यपुर अस्पतालमा चार पुरुष र एक महिला गरी पाँच तथा कृषि विकास बैंकको तालीम केन्द्र बोडेमा सात पुरुष र पाँच महिला गरी १२ सङ्क्रमित छन् । आइसोलेसन केन्द्रका बाँकी श्यया खाली छन् ।

सरकारले कोरोना सङ्क्रमण बढेसँगै होम आइसोलेसनमा बस्न सक्ने निर्देशिका जारी गरेपछि अधिकांश सङ्क्रमितको पहिलो रोजाइ होम आइसोलेसन हुने गरेको छ । शुरुमा सरकारले कोरोना सङ्क्रमितको निःशुल्क उपचार नगर्ने निर्णय गरेकाले पनि सङ्क्रमित होम आइसोलेसनमा बस्न थालेको सरोकारवाला बताउँछन् । दशैँ तिहारजस्ता ठूला चाडपर्वका कारण पनि सङ्क्रमितले होम आइसोलेसन राजेको हुनसक्ने स्वास्थ्य कार्यालय प्रमुख कृष्णबहादुर मिजारले बताए ।

के हुन कोरोना नियन्त्रणको लागि क्वारेन्टाइनका न्युनतम मापदण्ड:

“सङ्क्रमितले किन अस्पताल गएर उपचार नलिएको त्यो कुरो त हामीलाई भन्दा सङ्क्रमितलाई नै थाहा होला । सायद शुल्क लाग्ने र शुल्क पनि अलि बढी नै खर्च हुने भएकाले पनि घरमै सुरक्षितरुपमै आवश्यक औषधि लिएर बसेका होला”, उनले भने । होम आइसोलेसनमा बसे पनि सङ्क्रमितको स्वास्थ्य अवस्थाका बारेमा नियमित जानकारी लिइरहेको मिजारले बताए । उनले स्थानीय तहका स्वास्थ्य केन्द्रमार्फत सङ्क्रमितको जानकारी लिइरहेको जानकारी दिए । उनले भने, “घरमै बसेका सङ्क्रमितको निगरानी स्वास्थ्य उपचार स्थिति कस्तो छ भन्नेबारे स्थानीय तहका स्थानीय स्वास्थ्यकर्मीमार्फत ‘फलोअप’ गरेर आवश्यक उपचार दिइरहनुका साथै थप उपचार गर्नुपरे कुन अस्पताल लैजाने, के गर्ने सबै उहाँहरुले जिम्मा लिएर गरिरहेको अवस्था छ ।”

यसैगरी भक्तपुरमा आइसियु र भेन्टिलेटरसमेत खाली रहेका छन् । जिल्लामा १९ वटा आइसियु श्यया छन् तीमध्ये छ वटामात्र भरिएका छन्, बाँकी १३ वटा खाली छन् । जिल्लाको कोभिड अस्पताल भक्तपुर अस्पतालमा चार वटा आइसियु श्यया भए पनि यहाँ तीन पुरुष र दुई महिला गरी पाँच जनाको उपचार भइरहेको छ । नेपाल कोरियामैत्री नगरपालिका अस्पतालको आठ वटा आइसियु श्ययामध्ये एक पुरुषको मात्र उपचार भइरहेको छ । बाँकी आइसियु श्यया खाली रहेको छ । केएमसी अस्पतालमा सात आइसियु श्यया कोभिडका बिरामीलाई छुट्याए पनि यहाँको सबै श्यया खाली रहेको मिजारले जानकारी दिए ।

स्वास्थ्य कार्यालयका अनुसार भक्तपुरका विभिन्न अस्पतालका भेन्टिलेटरमध्ये १२ वटा कोभिड–१९ का बिरामीका लागि छुट्याइएको छ तर तीमध्ये भक्तपुर अस्पतालको तीन वटामा दुई वटामात्र उपयोग भएको छ । यहाँ एक महिला र एक पुरुषको भेन्टिलेटरमा उपचार भइरहेको छ । त्यस्तै केएमसी दुवाकोटको तीन र नेपाल कोरियामैत्री नगरपालिका अस्पतालको छ वटा भेन्टिलेटर खाली रहेको छ । रासस

Tags: BhaktpurCorona Virus #Covid19Self Isolation
Nisarga hospital Dhangadhi
Previous Post

कर्णाली अस्पतालमा अब लेजर पद्धतीबाट अप्रेशन हुने #KarnaliHospital

Next Post

क्यूबिडी फर्मास्यूटिकल्सले नेपाली बजारमा ल्यायो रगत पातलो बनाउने रिभारोक्सबन

Related articles

दाङमा चार सय बेडको अस्पताल निर्माण सुरु गरिने
News

दाङमा चार सय बेडको अस्पताल निर्माण सुरु गरिने

14 hours ago
839
Nepal pharmacy council
News

फार्मेसी काउन्सिलको २८औं नाम दर्ता परीक्षामा २६ प्रतिशत उत्तीर्ण

18 hours ago
781
नेपाल औषधी आयातकर्ता संघको अध्यक्षमा पवन आचार्य निर्वाचित
News

नेपाल औषधी आयातकर्ता संघको अध्यक्षमा पवन आचार्य निर्वाचित

22 hours ago
801
मंकीपक्सका लक्षण कस्ता हुन्छन्, रोकथामका लागि के गर्ने ?
News

साउदीबाट फर्किएका एक पुरुषमा एमपक्स पुष्टि

2 days ago
794
आयुर्वेद चिकित्सासँग सम्बन्धित विभिन्न संघसंस्थाहरूद्वारा अन्तर्राष्ट्रिय योग दिवस मनाउन आह्वान
News

आयुर्वेद चिकित्सासँग सम्बन्धित विभिन्न संघसंस्थाहरूद्वारा अन्तर्राष्ट्रिय योग दिवस मनाउन आह्वान

2 days ago
820
स्वास्थ्य मन्त्रालयले प्रयोगशाला सेवाको दरबन्दी घटाइएकोमा मेलानको आपत्ति
News

स्वास्थ्य मन्त्रालयले प्रयोगशाला सेवाको दरबन्दी घटाइएकोमा मेलानको आपत्ति

3 days ago
954
Next Post
क्यूबिडी फर्मास्यूटिकल्सले नेपाली बजारमा ल्यायो रगत पातलो बनाउने रिभारोक्सबन

क्यूबिडी फर्मास्यूटिकल्सले नेपाली बजारमा ल्यायो रगत पातलो बनाउने रिभारोक्सबन

Comments 1

  1. Pingback: भक्तपुर क्यान्सर अस्पतालको निर्देशकमा प्रा.डा. बिष्णु दत्त पौडेल नियुक्त #CancerHosital • Health News Nepal

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Swasthya karyalaya Gorakha TB Awareness message
Swasthya karyalaya Gorakha TB Awareness message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Spices medicinal usagesSpices medicinal usages
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article

Connect With Us

CATEGORIES

  • Articles (126)
  • Disease (106)
  • English (49)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (58)
  • News (3,087)
  • Nutrition (42)
  • Research & Study (64)
  • Weight Loss (25)

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.