काठमाडौं, ६ माघ २०७८
सरकारले कोरोना परीक्षणको शुल्क आज देखि घटाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सरकारी अस्पताल तथा प्रयोगशालामा लक्षण भएकाहरुको निःशुल्क परीक्षण हुनेछ भने बिना लक्षण अरुका लागि ८ सय रुपैयाँ लिइनेछ । यसअघि शुल्क एक हजार थियो ।
यस्तै निजी प्रयोगशालाहरुमा पीसीआर टेष्टको शुल्क १५०० रुपैयाँ तोकिएको छ । यसअघि यो शुल्क दुई हजार थियो।