काठमाडौं, २९ भाद्र २०७७
नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ५५ हजार तीन सय २९ पुगेकाे छ । गएको २४ घण्टामा एक हजार एक सय ७० जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
गएको २४ घण्टामा आठ सय ७९ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या ३९ हजार पाँच सय ७६ पुगेको छ ।
अब नेपालमा १५ हजार तीन सय ९३ जना सक्रिय सङ्क्रमित आइसाेलेशनमा रहेका छन् । सङ्क्रमितमध्ये आईसीयूमा एक सय ७९ जना र भेन्टिलेटरमा २९ जना रहेका छन् ।
यस्तै ६ हजार आठ सय ९२ जना क्वरेण्टीनमा रहेकाे मन्त्रालयले जनाएको छ ।
यस्तै गएको २४ घण्टामा १५ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या तीन सय ६० पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो