काठमाडौं ,२४ भाद्र २०७७
नेपालमाकोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ४९ हजार दुई सय १९ पुगेकाे छ । गएको २४ घण्टामा एक हजार ८१ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लाे चौबिस घण्टामा काठमाडौँ उपत्यकामा ४६४ जनामा कोरोनाको पुष्टि भएको छ। जसमध्ये काठमाडौंमा ३९६ , भक्तपुरमा ३६ र ललितपुरमा ३४ जनामा कोरोनाको पुष्टि भएको छ।
२४ घण्टामा ११ हजार एक सय ६७ जनाकाे पीसीआर विधिमार्फत परीक्षण गर्दा एक हजार ८१ जनामा काेराेनाकाे सङ्क्रमण देखिएकाे हाे । यस्तै गएको २४ घण्टामा नाै सय १८ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या ३३ हजार आठ सय ८२ जना पुगेको छ ।
अब नेपालमा १५ हजार २५ जना सक्रिय सङ्क्रमित आइसाेलेशनमा रहेका छन् । यस्तै पाँच हजार चार सय ८० जना क्वरेण्टीनमा रहेकाे मन्त्रालयले जनाएको छ ।
यस्तै गएको २४ घण्टामा ६ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या तीन सय १२ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।