काठमाडौं, २ कार्तिक २०७७
नेपाल सरकारले आजैकै मितिबाट लागू हुने गरी कोरोना भाइरस संक्रमण पुष्टि भएमा आफ्नै खर्चमा उपचार गर्नुपर्ने जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबारको मिडिया ब्रिफिङमा अबदेखि कोरोना संक्रमितले आफ्नै खर्चमा परीक्षण र उपचार गर्नुपर्ने जनाएका हुन्। यस भन्दा अघि कोरोना संक्रमितको उपचार सरकारले नि: शुल्क गर्दै आएको थियो ।
डा. गौतमका अनुसार अग्रपङ्तीमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, अति विपन्न नागरिक, असहाय एकल महिला, अपांंगता भएका व्यक्तिको मात्रै सरकारले निशुल्क उपचार गर्ने निर्णय भएको हो । उनीहरुको हकमा पनि स्पष्ट लक्षण देखिएमा मात्र सरकारले उपचार गर्ने उनले जनाएका छन्। यदि उनीहरुले कोरोना बीमा गरेको भए सोही बीमा रकमबाट उपचार गरिने पनि डा.गौतमले जानकारी दिए ।
Comments 1