चितवन,१६ कार्तिक २०७७
भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारी कोरोना भाइरस (कोभिड–१९) संक्रमणमुक्त भएका छन् । आफु आइतवार पूर्णरूपमा स्वास्थ्यलाभ सहित काेराेना संक्रमणमुक्त भएको अध्यक्ष डा. अधिकारीले आफ्नो फेसबुक मार्फत जानकारी दिएका छन् । उनकाे १० दिनपछि आज परीक्षण गर्दा काेराेना रिपोर्ट नेगेटिभ आएकाे हाे । कात्तिक ६ गते उनमा काेराेना संक्रमण पुष्टि भएकाे थियाे । ‘लक्षण नभएका बिरामीका लागि हाेम आइसोलेसन सुरक्षित छ ।’
डा. अधिकारीले भने ‘मध्यम र कडा खालकाे लक्षण देखिएका काेराेनाका बिरामीले भने आफ्नो स्वास्थ्यकाे विशेष ख्याल राख्नुपर्छ । आफ्नो शरीरमा अक्सिजनकाे मात्रा, मुटुकाे चाल र अन्य अवस्था बारे जानकारी हुनुपर्छ । साथै चिकित्सकसँग फाेन संम्पर्कमै रहनु पर्छ ।’ सास फेर्न गाह्रो भएमा वा अन्य जटिल प्रकारका स्वास्थ्य समस्या देखिएमा समयमै अस्पताल आउँन समेत सबैलाई उनले सल्लाह दिएका छन् । स्वास्थ्यका सम्पूर्ण मापदण्ड पालनागरी आफु साेमबार देखि नियमित काममा फर्कने उनले बताए ।

आफू संक्रमित भएकाे समयमा विभिन्न माध्यमबाट स्वास्थ्यलाभकाे कामना गर्नुहुने सबैमा उनले धन्यवाद समेत व्यक्त गरेका छन् । उनी संक्रमित भएपछि भरतपुरस्थित आफ्नै निवासमा आइसोलेसनमा बस्दै आएका थिए । उनलाई काेराेना संक्रमणकाे केही लक्षण देखिएको भएपनि उनकाे स्वास्थ्य अवस्था सामान्य थियाे । उनी कोभिड संक्रमणको सुरुवातदेखि नै अग्रपंतीमा रहेर काेराेना संक्रमितकाे उपचार, राेकथाम तथा समग्र व्यवस्थापनमा रातदिन खटिदै आएका छन।
डा.अधिकारी सँगै स्वास्थ्यकर्मी मिलन सुबेदी पनि कोरोना मुक्त पछि डिस्चार्ज हुनु भएको छ।
सुबेदी मेडिकल ल्याब टेक्नोलोजीमा बिगत १५ वर्ष अघि देखि काम गर्दै आएका छन्।