काठमाडौं, २७ चैत्र २०७७
एच आई भी संक्रमित, मानव वेचविखनबाट प्रभावित र मनोरञ्जन क्षेत्रमा कार्यरत महिलाहरुको कोभिड महामारीमा अवस्था र आगामी पहल सम्बन्धि एक दिने अन्तरक्रिया कार्यक्रम बसेरा होटेल हनुमानस्थानमा भएको छ।
शक्ति मिलन समाज र एटविनको सँयुक्त आयोजनामा कार्यक्रम भएको हो।
एटविनको कोषाध्यक्ष शान्ता खनालले स्वागत मन्तव्य राख्दै कोभिड महामारी बिरुद्धको अभियानमा मनोरञ्जन क्षेत्रतिर महिलाहरुले के कस्तो दुख भोगिरहेका छन् र आगामी दिनमा के पहल गर्नुपर्छ त्यसतर्फ ध्यान दिनु जरुरी रहेको बताए।
खनालले भनिन एच आई भी संक्रमित र मानव वेचविखनको अवस्था प्रति समाजले हेर्ने दृष्टिकोण असाध्यै नराम्रो छ । मनोरञ्जन गर्दागर्दै एच आई भी एड्समा पर्न बाध्य छन् र उनीहरुको समस्याहरुलाई कसरी सम्बोधन गर्न सकिन्छ त्यसतर्फ अगाडि बढ्नुपर्छ।
एचआइभी प्रभावितहरुको औषधि उपचारमा कोभिड महामारीले धेरै समस्या पुर्याएको र मनोरञ्जनको समयलाई प्राथमिकता दिनुपर्ने खनालले बताइन ।
शक्ति मिलन समाज कार्यकारी निर्देशक नातिसरा राईले कार्यक्रमको प्रस्तुतीकरण गर्दै सन् १९९६ मा मानब वेचविखनमा परेर उद्दार गरिएको एच आई भी संक्रमित महिलाहरुको पहलमा स्थापना गरिएको संस्था हो ।
१२८ जना महिला मध्ये केही महिला एच आई भी संक्रमित पनि थिए ।
मानव वेचविखन मात्रै नभएर गृहणी महिलाहरुको समस्यालाई पनि प्राथमिकता दिने संस्था हो। समाजले स्थापना कालदेखि काम गर्दै आएको र विभिन्न कार्यक्रम जस्तै वकालत र सचेतनामुलक कार्यक्रम , जिविकोपार्जन कार्यक्रम , हेरचाह र सहयोग गरिरहेको राईले जानकारी दिनुभयो।
यस समाजले अन्तर्क्रिया गोष्ठी र कार्याशाला कार्यक्रम , एक रुपियाँ अभियान , पोष्टर पम्पलेट र अन्य सुचना सामग्रीहरुको प्रकाशन वितरण , महिलाहरुको सीप विकास तालीम, आर्य आर्जनको लागि आर्थिक सहयोग , आमा बुबा नभएका बालबालिकालाई सीप विकास तालिम गर्दै आएको राईले प्रस्तुतीकरण गर्नुभयो।
कार्यक्रम संचालक तथा एटविनकि कार्यकारी निर्देशक बेनु माया गुरुङले कार्यक्रमको अन्तरक्रिया गर्नुभयो।
शक्ति मिलन समाजकि अध्यक्ष गोमा देवी कार्कीले यस समाजले एच आई भी संक्रमित र मानव वेचविखनको अवस्था सम्बन्धि समस्या समाधान गर्दै अगामी पहलमा पनि सदैव सहयोग गर्न तयार रहेको बताइन।