काठमाडौं, २४ पौष २०७७
गिजा रोग तथा दाँत प्रत्यारोपण सम्बन्धी नेपाली दन्त चिकित्सक समाजको आयोजनामा कोभिडको कारणले भर्चुअल गरेर राष्ट्रिय गिजा स्वास्थ्य दिवस मनाइएको छ । समाजले आफ्नो सातौं बार्षिकोत्सवको अवसर पारेर नेपालमा दोस्रो पटक राष्ट्रिय गिजा स्वास्थ्य दिवस मनाएको हो । स्वस्थ गिजा, स्वस्थ शरीर भन्ने मूल नाराका साथ सो अवसरमा शुक्रबार भर्चुअलबाट दिवस मनाइएको थियो ।
भर्चुअल कार्यक्रममा गिजा रोग सम्बन्धी दन्त चिकित्सकहरुको सहभागिता थियो । समाजका अध्यक्ष डा. सुरेन्द्रमान श्रेष्ठ गिजा बलियो भएमात्र दाँत बलियो हुने बताउदै गिजा स्वस्थ राख्नु पर्नेमा जोड दिए । समाजका संस्थापक अध्यक्ष डा. शैली प्रधानले दिवस मनाउनुको उद्देश्यमाथि प्रकाश पार्दै समयमै गिजाको उपचार नगराए भविश्यमा यसले मुख स्वास्थ्यमा ठूलो समस्या निम्त्याउने बताइन् ।
बरिष्ठ गिजा रोग बिशेषज्ञ तथा समाजका महासचिव डा. भागेश्वर धामीले दाँत सम्बन्धी रोगका बिषयमा थोरबहुत जनचेतना भएपछि गिजा सम्बन्धी जनचेतना नभएकाले यस सम्बन्धी जनचेतना बिस्तार गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो।
यसै अवसरमा सातौँ पिजि कन्भेन्सन पनि भर्चुअल बाट देशका बिभिन्न कलेजहरुको संलग्नतामा मनाइएको डा.धामीले बताए।
समाजका अनुसार अहिले देश भरि करिव ७० जना गिजा रोग विशेषज्ञ छन् ।