काठमाडौं चैत २०
नेपालमा छैठौ व्यक्तिमा कोरोना भाइरस रोगको संक्रमण पुष्टि भएको छ । नेपाल टेलिभिजन मार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित ब्रिफिङ कार्यक्रममा प्रवक्ता डा. विकास देवकोटाले छैठौं संक्रमितको बारेमा जानकारी दिनुभएको हो । पछिल्लो चार दिनदेखि नेपालमा संक्रमण देखिएको थिएन ।
यो संगै नेपालमा संक्रमितको संख्या ६ पुगेको छ । २ जना संक्रमित शहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु ,एक धनगढी ,एक धौलागिरि अञ्चल अस्पतालमा उपचाररत हुनुन्छ भने १ जना २ महिना अगावै निको भएर घर फर्कि सक्नुभएको छ ।