काठमाडौं १०, बैशाख
केन्द्रीय कारागार अस्पतालका रहेका दुईजना नर्समा हिजो र्यापिड टेस्ट पोजेटिभ देखिएपछी आज पीसीआर परीक्षणमा कोरोना संक्रमण नदेखिएको टेकु अस्पतालका प्रमुख डा.सागर राजभण्डारीले बताउनु भएको छ। ती दुबै जना नर्सलाई र्यापीडमा पोजेटिभ देखिएपछी टेकु अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. राजभण्डारीले उनीहरुको आज राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणको रिपोर्टमा कोरोना संक्रमण नदेखिएको जानकारी दिए । बिहानै नमुना संकलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षण गर्दा कोरोना नेगेटिभ देखिएको छ,” अहिले दुबै जनालाई अस्पतालबाट डिस्चार्ज गरिएको छ डा.राजभण्डारीले बताए।