काठमाडौं ,१० जेठ
शनिबार थप ३६ जना संक्रमित थपिएका छन् ।
सेती प्रादेशिक अस्पतालमा भएको प्रयोगशालामा कोरोना परीक्षणमा बैतडी शिवनाथ १ का ४ जना पुरुष रहेका छन् । जसको उमेर २० वर्षका २ जना , २२ वर्ष का १ जना र २७ वर्ष १ जना पुरुष रहेका छ्न।
झापाका ३३ वर्षका एक पुरुष , राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा बाकेका २७ जना पुरुषहरु रहेका छ्न। त्यस्तै बर्दियाका १९ वर्षका युवकमा पनि कोरोनाको संक्रमण देखिएको छ। सुर्खेतमा २ पुरुष र १ महिलामा पनि कोरोना संक्रमण देखिएका स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.बिकास देवकोटाले जानकारी दिएका छ्न।
हाल सम्म कुल संक्रमितको संख्या ५८४ पुगेको छ ।
हाल सम्म ७० जना कोरोना संक्रमितको उपचारपछिको जाँचमा कोरोना नेगेटिभ देखिएपछि डिस्चार्ज भएका छन् । अहिलेसम्म ४० जिल्लामा कोरोना भाइरस फैलिएको छ। कुल संक्रमीत मध्ये ५०३ पुरुष र ७८ महिला रहेको डा.देवकोटाले जानकारी दिएका छ्न । आज चौबीस घण्टामा ५ जना रेड जोनमा पर्नु भएको छ । ४०८ जनाले आफ्नो स्वास्थ्यको बारेमा आफ्नो विवरण फारम भरेका छ्न।