धनगढी, ७ माघ २०७८
कोभिड -१९ आरटि पिसिआर परीक्षण गर्दा पोजेटिभ आएमा एउटै व्यक्तिले पटक पटक फ्लोअपको लागि कोरोना परीक्षण गरेको भेटिएको छ।
सोही सन्दर्भमा प्रदेश जनस्वास्थ्य प्रयोगशाला धनगढीले सुदुरपश्चिम प्रदेश भित्र रहेका स्वास्थ्य कार्यालय, अस्पताल र स्थानीय तहलाई कोभिड-१९को पिसिआर पोजेटिभ आएका एउटै व्यक्तिको पुन परीक्षण गर्दा आफुखुसी डाक्टरको सल्लाह बिना पटक पटक नगर्न/ नगराउनु हुन र नमुना संकलन तथा परीक्षण गर्दा राष्ट्रिय परीक्षण मार्गनिर्देशन ( National Testing Guidelines For COVID -19 ) अनुसार गर्न गराउन हुन अनुरोध गरेको छ।