काठमाडौं, ११ माघ २०७८
माघ ११ गते पछिल्लो २४ घण्टामा देशभर १२ हजार ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार १०३ नमुनाको पीसीआर परीक्षण गर्दा नौ हजार ४३२ र सात हजार ८०६ नमुनाको एन्टिजेन परीक्षण गर्दा दुई हजार ५७६ जनामा संक्रमण पुष्टि भएको हो।
यस्तै थप आठ जनाको मृत्यु भएको छ। नेपालमा सक्रिय संक्रमितको संख्या ८८ हजार ९३४ पुगेको छ।
काठमाडौं उपत्यकामा छ हजार १७२ जना कोरोना संक्रमित थपिएका छन्। गत २४ घण्टाभित्र गरिएको परीक्षणबाट उपत्यकाका तीन जिल्लामा ती संक्रमित थपिएका हुन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा सबैभन्दा बढी काठमाडौंमा चार हजार ८७५ जना संक्रमित थपिएका छन्। यस्तै, ललितपुरमा ७८२ र भक्तपुर जिल्लामा ५१५ संक्रमित थपिएको मन्त्रालयले जानकारी दिएको छ।

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या ५६ हजार ८८२ पुगेको छ। देशभरका सक्रिय संक्रमितमध्ये काठमाडौं उपत्यकाका मात्रै आधाभन्दा बढी छन्।