काठमाडौं, २१ वैशाख २०७८
हाल देशभर ७ सय ९५ कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा रहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
६१६ आइसियु र १७९ जना भेन्टिलेटरमा गरी ७९५ जना बिरामी उपचाररत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
हिजो मात्रै ७२० जना संक्रमित आइसियु र भेन्टिलेटरमा थिए । कोरोनाका कारण आजै एकै दिन ५५ जनाको मृत्यु भएको छ ।