आज मिति : २०८२ जेष्ठ १
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu
IRGONOL Cream Magnus Pharma

कोभिडको दोस्रो लहरमा अधिकांशलाई अक्सिजनको आवश्यकता

Nam Raj Bhatta by Nam Raj Bhatta
May 4, 2021
in News
A A
3
कोभिडको दोस्रो लहरमा अधिकांशलाई अक्सिजनको आवश्यकता
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

चितवन, २१ वैशाख २०७८

नेपालका जुनसुकै अस्पतालमा उपचारका लागि आउने अधिकांश सङ्क्रमितलाई अक्सिजन आवश्यक पर्ने गरेको छ।

पहिलो लहरको कोभिडमा केही सङ्क्रमितलाई मात्रै अक्सिजन आवश्यक परेको भए पनि दोस्रो लहरमा भने अस्पतालमा आएका अधिकांशलाई अक्सिजन आवश्यक परेको भरतपुर अस्पतालका अध्यक्ष एवं फिजिसियन डा. भोजराज अधिकारीले जानकारी दिनुभयो।
पहिलो लहरमा ११० जना बिरामी भर्ना हुँदा २० जनालाई अक्सिजन लगाउनुपरेको तर अहिले भर्ना हुने सबैलाई अक्सिजन दिनु परेको बताए।

यस्तै, गत वर्ष उमेर बढी र दीर्घरोगीमा सङ्क्रमण बढी देखिएको भए पनि अहिले सबै उमेर समूह प्रभावित छन्। सामान्य अवस्थाका सङ्क्रमित घरमै बसेका छन् भने जटिल अवस्था आउनासाथ अस्पताल आउने गरेका छन्।

उनका अनुसार पहिलो लहरमा ‘माइल्ड’, ‘मोडरेट’ र ‘सिभियर’ वर्गीकरण गरेर उपचार गरिएकामा अहिले एउटै बिरामी ४८ घण्टामा माइल्डबाट मोडरेट अनि सिभियर भएर घरको आइसोलेशनबाट एचडियु हुँदै सघन उपचार कक्षमा सार्नुपरेको छ ।

अस्पतालका कोभिड व्यवस्थापन समूहका संयोजक डा प्रमोद पौडेल कतिपयले घरमा समेत अक्सिजन लगाएको जानकारीमा आएको बताउछन्। अस्पतालमा भर्ना भएका अधिकांशलाई अक्सिजन दिनुपरेको उनले जानकारी दिए।

उनको भनाइमा अस्पतालमा रहेको हाइफ्लो नेजल क्यानुलाबाट समेत सङ्क्रमितलाई अक्सिजन दिइँदै आएको छ । भरतपुर अस्पतालमा यस्ता उपकरण १० वटा छन् । यसले एक मिनेटमा साठी लिटरसम्म अक्सिजन दिन सक्छ। पौडेलले भने, ‘हामीले अक्सिजन प्लान्टबाट सोझै क्यानुलामार्फत् बिरामीलाई अक्सिजन दिने गरेका छौँ।’

अत्यधिक अक्सिजन आवश्यक पर्ने बिरामीलाई यस उपकरणमार्फत् अक्सिजन दिइँदै आएको छ। साधारण लक्षण भएका सङ्क्रमित घरमै बस्ने र जटिल भएपछि मात्रै अस्पताल आउने प्रचलनका कारण आएका सबैलाई अक्सिजन दिनु परेको चिकित्सकहरु बताउँछन् ।

पहिलो कोभिड लहरमा अस्पतालमा आउने सङ्क्रमितमध्ये ९० प्रतिशत सामान्य थिए भने अहिले ९० प्रतिशत जटिल हुने गरेका छन् । ती सबैलाई अक्सिजनको सहायताले उपचार गर्नुपरेको छ।

 

Tags: #Health and population ministryBharatpur HospitalCorona Virus #Covid19Dr.Bhojraj AdhikariOxygen
Nisarga hospital Dhangadhi
Previous Post

नेपाल संयुक्त स्वास्थ्य सँघर्षले मागहरु सम्बोधन गर्दै स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण

Next Post

नेपालमा ७ सय ९५ कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा

Related articles

नर्भिक इन्टरनेसनल अस्पतालमा १६ नर्सिङ कर्मचारी पुरस्कृत
News

नर्भिक इन्टरनेसनल अस्पतालमा १६ नर्सिङ कर्मचारी पुरस्कृत

14 hours ago
788
डडेल्धुरा अस्पतालले विभिन्न कार्यक्रम गरि मनायाे अन्तर्राष्ट्रिय नर्सिङ दिवस
News

डडेल्धुरा अस्पतालले विभिन्न कार्यक्रम गरि मनायाे अन्तर्राष्ट्रिय नर्सिङ दिवस

17 hours ago
803
डीएम, एमसीएच गरेका आठ चिकित्सकको टोलीले खोल्यो मध्यबानेश्वरमा किड्स क्लिनिक
News

डीएम, एमसीएच गरेका आठ चिकित्सकको टोलीले खोल्यो मध्यबानेश्वरमा किड्स क्लिनिक

1 day ago
2k
धादिङ अस्पतालमा बीमा फार्मेसी काउन्टर शुरु
News

धादिङ अस्पतालमा बीमा फार्मेसी काउन्टर शुरु

2 days ago
797
गण्डकी प्रदेशमा म्याग्दी पहिलो पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
News

गण्डकी प्रदेशमा म्याग्दी पहिलो पूर्णखोप सुनिश्चित जिल्ला घोषणा

2 days ago
795
भक्तपुर क्यान्सर अस्पतालमा बाल चिकित्सा सघन इकाईको सुरुवात
News

भक्तपुर क्यान्सर अस्पतालमा बाल चिकित्सा सघन इकाईको सुरुवात

3 days ago
850
Next Post
Ventilator

नेपालमा ७ सय ९५ कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा

Comments 3

  1. Pingback: वीर र ट्रमा छानविन समिति लाई स्वास्थ्य मन्त्रालयको ताकेता • Health News Nepal
  2. Pingback: नेपाललाई एक साता भित्र चीनले २० हजार अक्सिजन सिलिन्डर दिने • Health News Nepal
  3. Pingback: नरदेवी आयुर्वेद अस्पतालमा अक्सिजन सहितको एचडियु आइसोलेसन केन्द्र बन्दै • Health News Nepal

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Swasthya karyalaya Gorakha TB Awareness message
Swasthya karyalaya Gorakha TB Awareness message

स्वास्थ्य सूचनाहरु 👇

Janai khatira - Herpes Zoster
Patan Municipality Baitadi 8 disease notice
Heat wave Tato hawa loo Chandragiri Nagarpalika Awareness message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article

Connect With Us

CATEGORIES

  • Articles (123)
  • Disease (106)
  • English (46)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (57)
  • News (3,015)
  • Nutrition (42)
  • Research & Study (63)
  • Weight Loss (25)

Health News Nepal 2024 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2024 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.