१. देशभरिका प्रयोगशालाहरुमा जांच गरेको जम्मा संख्या मध्ये पी.सी.आर. पोजिटिभ हुने दर प्रतिशतमा हेर्दा ३० देखि ६० सम्म पाइएको तथ्यले कोरोना संक्रमण दर गत सालको तुलनामा दोब्बर हुन् जान्छ । सोहि अनुसार सबै क्षेत्रको समन्वय, सहकार्य र छिटो छरितो कोरोना नियन्त्रणको कार्य अगाडी बढाउनु पर्छ ।
२. यस बर्ष संस्थागत भन्दा घरको आइसोलेसनमा बस्ने संख्या बढी भएको परिवर्तित भाइरसको संक्रमण दर पनि बढी रहेको सन्दर्भमा टेस्ट, ट्रेस र उपचारको दायरा बढाउन उपयुक्त हुन्छ ।
३. आइसोलेसनको विभिन्न स्वरूप तयार गर्नु पर्ने हुन्छ
जस्तै:
क) जनरल आइसोलेसन;
ख) अक्सिजन सहितको आइसोलेसन ग) एच. डी. यु आइसोलेसन
घ ) भेन्टिलेटर सहितको आइसोलेसन
४. साथै बिरामीलाइ चाहिने अक्सिजन र अक्सिजन स्याचुरेसनको मात्रा मापन गर्न कोभिड अस्पतालमा ब्लड ग्यास मापन गर्ने उपकरणको प्रयोग गरेर ओकसिजन मात्रै दिएर पुग्ने कि भेन्टिलेटरमा राख्नु पर्ने निर्क्यौल गर्न आवश्यक देखिन्छ ।
५. कोरोनाबाट बच्न मास्क लगाउने, आफुसंग भेट्ने सम्पूर्ण व्यक्तिमा कोरोना संक्रमण हुन् सक्ने मनन गरि दुरी कायम गर्ने, साबुन पानीले हात धुने, अनुहारको वरिपरि हात लैजाने, नाक कोट्याउने बानि सुधार्ने कार्य गर्नुपर्छ ।
(डा. श्रवण कुमार मिश्रको फेसबुक वालबाट)
Comments 1