काठमाडौं बैशाख ९,
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा थप एक जना मानिसमा कोरोना भाइरसको संक्रमण भेटिएको जनाएको छ।मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले एक जना पुरुषमा कोरोना संक्रमण देखिएको जानकारी दिएका हुन्।
जुन संक्रमण देखिएका व्यक्ती उदयपुरमा यस अघि देखिएकाहरुको सम्पर्कमा आएका व्यक्ति हुन्। उनीहरुको सम्पर्कमा आएका अन्यमा पनि शंकास्पद भएकाले थप परीक्षण भइरहेको डा देवकोटाले जानकारी दिए। यी व्यक्ति ३३ वर्षका रहेका छन्। उनको कोशी अस्पतालमा गरिएको पिसिआर परीक्षणमा संक्रमण पोजिटिभ आएपछि थप पुष्टिका लागि टेकुस्थित प्रयोगशालामा जाँच गरिएको थियो।
अब यो संगै नेपालमा संक्रमितको संख्या ३२ पुगेको छ। अहिलेसम्म ४ जना निको भएर डिस्चार्ज भइसकेका छन्