काठमाडौं,२७ बैशाख
उदयपुर, कपिलवस्तु र पर्सामा गरि थप ७ जनामा कोरोना भाइरस रोगको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समीर कुमार अधिकारीले जानकारी दिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा थप सातमा कोरोना पोजेटिभ देखिएको हो ।
डा.अधिकारीका अनुसार उदयपुर भुल्केका १८,४५ र ६५ वर्षका महिला,कपिलवस्तुका २ जना १८ र एक जना १७ वर्षका तथा पर्सा छपकैयाका ६२ वषरउका पुरुषमा कोरोना पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १०९ पुगेको छ ।