काठमाडौं २१, बैशाख
आज एकै दिन १० जना कोरोना सन्क्रमित थपिएका छ्न।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा .विकास देवकोटाले पर्सा जिल्लाका ३६ वर्षीय पुरुषमा र नेपालगन्जको प्रयोगशालमा परीक्षण गर्दा ५ जना पुरुष र ४ जना महिलामा कोरोना संक्रमण देखिएको बताए ।
नेपालगन्जका संक्रमितको उमेर ७ देखि ५८ वर्ष रहेको प्रवक्ता देवकोटाले जानकारी दिए । अब कोरिना सन्क्रमितको संख्या ६९ पुग्यो। १६ जना निको भएर घर फर्कि सकेका छ्न।