काठमाडौं,१९ बैशाख ।
आज थप दुई जनामा कोरोना भाइरस रोगको संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा.समीर कुमार अधिकारीले दुई जनामा संक्रमणको पुष्टि भएको जानकारी दिनुभयो । उहाँका अनुसार नेपालगञ्जको भेरी अस्पतालमा एक र रुपन्देहीका एक जनामा कोरोना पुष्टि भएको हो ।
नेपालगञ्जका ६० वर्षका पुरुष र रुपन्देहीका २५ वर्षका पुरुष रहेको उहाँले बताउनुभयो ।
यो संगै नेपालमा संक्रमितको संख्या ५९ पुगेको छ । हालसम्म १६ जना निको भए घर फर्किएका छन्। अरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ र अवस्था समान्य रहेको छ।