काठमाडौं , ३ भाद्र २०७७
देशभर हाल सम्म १ सय २६ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ जना भेन्टिलेटरमा र ११८ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन्।
आइसियुमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा छन्। बागमती प्रदेशमा ५२ जना आइसियुमा र ८ जना भेन्टिलेटरमा छन्।
त्यस्तै प्रदेश २ मा ४६, प्रदेश ५ मा १०, गण्डकी प्रदेशमा ६ र प्रदेश १ मा ४ जना संक्रमित आइसियुमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार देशभर १० हजार ५६३ जना सक्रिय संक्रमित रहेका छन्। यी संक्रमितमध्ये २ हजार ८८७ जना होम आइसोलेसनमा रहेका छन्।
नेपालमा हालसम्म २८ हजार २५७ जनामा कोरोना संक्रमण देखिएको छ। जसमध्ये ११४ जनाको मृत्यु भएको छ। कुल संक्रमितमध्ये १७ हजार ५८० जना निको भएका छन्।

![received 2723115301250710 - देशभर ११८ कोरोना संक्रमित आइसियुमा, ८ जना भेन्टिलेटरमा [कुन प्रदेशमा कति?] जटिल रोग , सघन उपचार कक्ष र भेन्टिलेटर !](https://i0.wp.com/healthnewsnepal.com/static/received_2723115301250710.jpeg?resize=750%2C375&ssl=1)












