काठमाडौं, ३१ साउन २०७७
नेपालमा पछिल्लो २४ घण्टामा ४६८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ११ हजार ४४७ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
यससँगै कोरोना संक्रमितको संख्या २६ हजार १९ पुगेको छ । उनीहरुमध्ये १०२ जनाको मृत्यु भएको छ भने १७ हजार २०१ जना निको भएका छन् ।
डा. गौतमका अनुसार काठमाडौं उपत्यकामा १०० जना संक्रमित थपिएका छन् । उहाँले काठमाडौंमा ८०, ललितपुरमा ११ र भक्तपुरमा ९ जनामा कोरोनाको पुष्टि भएको छ।