काठमाडौँ २४ श्रावण २०७७
काठमाडौं उपत्यकामा ६२ जना सहित देशभर ३७८ जना मा कोरोनाको पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार देशभर ३७८ जनामा कोरोना संक्रमण देखिएको छ। देशभरका प्रयोगशालामा ७ हजार ७८८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमणको पुष्टि भएको हो ।
यससँगै कुल संक्रमितको सख्ंया २२ हजार ५९२ पुगेको छ । उनीहरुमध्ये ७३ जनाको मृत्यु भएको छ भने १६ हजार ३१३ जना निको भइसकेका छन् ।