काठमाडौँ, ९ असार
नेपालमा पछिल्लो चौविस घण्टामा थप ५३८ जनामा कोरोना संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको कोरोना प्रेस ब्रिफिङमा प्रवक्ता प्रा .डा .जागेश्वर गौतमले चौबिस घण्टामा ५३८ जनामा संक्रमण देखिएको बताए ।
यो संगै नेपालमा कुल संक्रमितको संख्या १० हजार ९९ पुगेको छ। मन्त्रालयका अनुसार संक्रमित हुने जिल्लाहरु ७६ रहेका छन् । अहिलेसम्म देशभरका जिल्ला मध्ये रसुवा जिल्लामा मात्र कोरोना संक्रमण देखिएको छैन ।
पछिल्लो २४ घण्टामा थप ७६ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। जसमा ६८ जना पुरुष र ८ जना महिला छन् ।
यो सहित डिस्चार्ज हुनेको कुल संख्या २ हजार २२४ पुगेको छ। जसमा १८९ जना महिला र २ हजार ३५ जना पुरुष रहेका छन् ।
त्यैगरी देभरका अस्पतालको आइसोलेशनमा ७ हजार ८५१ जना उपचाररत छन् ।
आज थप एकको मृत्यु भएसंगै मृतकको संख्या २४ पुगेको छ ।
उपत्यका बाहिरबाट आउने हरुलाई घरपेटीले टेस्ट गरेर मात्रै आउनु पर्ने भन्ने प्राबधान नरहेको र आरडिटी पिसिआर टेस्टको परिक्षण जरुरी नपरेर सिधै होम क्वारेन्टाइनमा बस्नुपर्ने डा. गौतमले बताए।