काठमाडौं १८ , बैशाख
नेपालभरी अहिलेसम्म पिसिआर विधिबाट ११ हजार भन्दा बढीको कोरोना परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । बुधबारसम्म देशभरी ११ हजार ५ सय २४ जनाको पिसिआर विधिबाट नमुना परीक्षण गरिएको मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा जनाएको हो ।
यसैगरी आरडिटी विधिबाट ४५ हजार ६ सय ६५ वटा नमुना परीक्षण भएको छ । गत २४ घण्टामा २ हजार ३ सय ६७ वटा परीक्षण भएका छन् ।
सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा परीक्षण गरिएको छ । अहिले सम्म सुदूरपश्चिम प्रदेशमा १२ हजार ९ सय ८६ वटा आरडिटी परीक्षण गरिएको छ ।
त्यस्तै बागमती प्रदेशमा ८ हजार २ सय १७, प्रदेश १ मा ४ हजार ८ सय ८१, प्रदेश नम्बर २ मा ५ हजार २ सय ९८, गण्डकी प्रदेशमा ५ हजार ३ सय ४३, प्रदेश नम्बर ५ मा ३ हजार ६ सय ७१ र कर्णाली प्रदेशमा ५ हजार २ सय ६९ आरडिटी परीक्षण भएका स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिएका छन् ।
त्यसैगरी देशभर अहिलेसम्म २२ हजार ९ सय १ जना क्वारेन्टाइनमा रहेका छन् । सबैभन्दा बढी प्रदेश नम्बर ५ मा १२ हजार ५ सय १५ जना क्वारेन्टाइनमा रहेका छन् । काठमाडौं उपत्यकामा ४ र बाहिर ८३ गरी ८७ जना आइसोलेसनमा उपचाररत रहेका