काठमाडौँ, ३० बैशाख ।
नेपालमा थप २६ जनामा कोरोना संक्रमण देखिएको छ । यो संगै कुल संक्रमितको संख्या २१७ पुगेको छ । मन्त्रालयका अनुसार पर्सा जिल्लामा १८ जनामा थप सन्क्रमित देखिएको छ । जसमा ६ महिला रहेका छ्न भने १२ जना पुरुषहरु रहेका छ्न। महिलाहरुको उमेर २२,२८,२८,३२,४५ र ६० रहेको छ।
त्यस्तै गरि महोत्तरीमा २ पुरुषहरु रहेका छ्न जसको उमेर १६ र ३५ छ। धनुषा जिल्लामा २० वर्षीया महिला र ४० वर्षका पुरुष हुनुहुन्छ ।
भक्तपुरमा २ जना २५ वर्षिय महिला र २७ वर्षका पुरुष रहेका छ्न ।
काठमाडौंमा १ जना ३३ वर्षिय महिला हुनुहुन्छ ।
सर्लाहीमा ४५ वर्षका एक जना पुरुष गरि २६ जना थप सन्क्रमित भेट्टिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समीर कुमार अधिकारीले जानकारी दिनु भएको छ।