काठमाडौं २, जेठ
नेपालमा कोरोना सन्क्रमितको संख्या २५८ पुगेको छ। आज बिहान ९ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समीर कुमार अधिकारीले जानकारी दिएका छ्न । डा.अधिकारीका अनुसार सन्क्रमित हुनेमा मकवानपुरमा १ जना ३७ वर्षीय पुरुष र बाँके नैनापुरका ०१, ०३,०५ वडाका १८,२०,२२,२५,२५,२७ ,३२ र ३६ उमेरका गरि ८ जना पुरुषहरु रहेको सहप्रवक्ता डा.अधिकारीले जानकारी दिएम।
उनिहरुको परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकू र भेरी अस्पताल नेपालगन्जमा भएको थियो। उनिहरुको अवस्था सामान्य रहेको पनि डा.अधिकारीले बताएका छ्न।