काठमाडौं , जेठ १
नेपालमा काठमाडौं , धादिङ र धनुसा गरि थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारी अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षणमा काठमाडौं दहचोक निवासी ७ वर्षीय बालक, धनुषा निवासी १७ वर्षीय महिला र धादिङ निवासी ३० वर्षीय महिलामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।
हालसम्म संक्रमितहरुको अवस्था सामान्य रहेको र उहाँहरु स्वास्थ्यकर्मीको सम्पर्कमा हुनुहुन्छ ।
यस सँगै नेपालमा कोरोना संक्रमितहरुको संख्या २४९ पुगेको छ । कोरोनाको लडाइँ जितेर घर फर्किनेको संख्या ३५ पुगेछ ।