काठमाडौं ३०, बैशाख
पर्साको बिरगंजमा कोरोना भाइरस (कोभिड – १९)को संक्रमणबाट दुई जना पत्रकार सन्क्रमित भएका छन् । नारायणी अस्पतालका मेसु डा. मदनकुमार उपाध्यायले जिल्लामा आज थपिएका ३९ संक्रमितमध्ये २ जना सञ्चारकर्मी रहेको बताए ।
‘उहाँहरु जिल्लाका अगुवा सञ्चारकर्मी पनि हुनुहुन्छ । रिपोर्टिङका क्रममा कतै एक्सपोजर भइयो कि भनेर स्वाब दिनु भएको रहेछ । रिपोर्ट पोजेटिभ आएको जानकारी पाएको छु,’ डा मदनकुमार उपाध्यायले भने ।
उनले फिल्डमा खटिने सञ्चारकर्मीमा समेत अति जोखिम रहेको भन्दै जोखिएर रिपोर्टिङ गर्न आग्रह गरे ।
त्यस्तै तौलिहवा अस्पतालमा कार्यरत एक जना नर्समा कोरोना भाइरस पोजेटिभ देखिएको छ । अस्पतालको लेबर वार्ड (सुत्केरी गराउने कक्ष)मा कार्यरत २५ बर्षिया नर्समा कोरोना भाइरस पोजेटिभ देखिएको पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समीर अधिकारीले जानकारी दिनु भयो।
नेपालमा अहिलेसम्म कोरोना सन्क्रमितको संख्या १९१ पुगेको छ भने कोरोनाको लडाइँ जितेर घर फर्किनेको संख्या ३४ रहेको छ।