काठमाडौं, १० वैशाख २०७८
नेपालमा पहिलो प्लाज्मा थेरापी गर्ने डा. विपिन नेपाललाई कोरोना पोजिटिभ देखिएको छ ।
ग्राण्डी अस्पतालमा कार्यरत प्लाज्मा थेरापिस्ट विशेषज्ञ समेत रहनुभएका डा. नेपालले दुई पटक भ्याक्सिन लगाउदा पनि कोरोना पोजिटिभ देखिएको हो।
काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल सिनामंगलमा शुक्रबार पिसिआर प्रयोगशालामा परीक्षण गर्दा पोजेटिभ देखिएको छ।
उहाँलाई सामान्य ज्वरो देखिएको र होम आइसोलेसनमा बस्नुभएको एक स्वास्थ्यकर्मीले बताउनुभएको छ।





