काठमाडौं १२, जेठ
आज थप ७ जना कोरोना भाइरस रोगको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. विकास देवकोटाले थप संक्रमणको पुष्टि गर्नुभएको हो । संक्रमण हुनेमा अछामका १ जना, बर्दिया गुलरियाका ३ जना , बराका मृतक १ जना र बाकेका २ जना लगायत ७ जना थप सन्क्रमित थपिएका हुन।
उनिहरुको परिक्षण सेती प्रादेशिक अस्पताल धनगढी ,भेरी जनस्वास्थ्य प्रयोगशाला बाकेमा गर्दा पिसिआर पोजेटिभ आएकोडा.देवकोटाले बताए। अहिलेसम्म कोरोना सन्क्रमित मध्ये ६०२ जना पुरुष र ८० जना महिला रहेका छ्न । जसमध्ये ११२ जना कोरोनाको लडाइँ जितेर घर फर्किसकेका छ्न ।
त्यस्तै गरि नेपालमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या पनि ४ पुगेको छ । थप आज नेशनल मेडिकल कलेजमा जेठ ४ गते एक ७५ वर्षका बृद्दको मृत्यु भएको थियो। उहाँको पिसिआर परिक्षण गर्दा पोजेटिभ देखिएको छ।
यसअघि आजै बिहान मन्त्रालयले काठमाडौं,बारा,धनुषा,दैलेख,सप्तरी कपिलवस्तुमा गरि ७२ जनामा कोरोना पुष्टि गरेको थियो