काठमाडौं ,८ जेठ
नेपालमा कोरोना सन्क्रमितको संख्या ४५७ पुगेको छ। थप ३ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समीर कुमार अधिकारीले जानकारी दिएका छ्न ।
डा.अधिकारीका अनुसार बाके नरैनापुरका ३२ वर्षका पुरुष र खजुराकी ४२ वर्ष महिला र कपिलवस्तुका १९ वर्षका पुरुषमा कोरोनाको पुष्टि भएको डा.अधिकारीले बताए।
उनिहरुको परिक्षण भेरी अस्पताल ,नेपालगन्ज र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गर्दा पोजेटिभ देखिएको डा.अधिकारीले बताएका छ्न। अहिले उनिहरुको अबस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको निगरानीमा रहेको पनि डा.अधिकारीले बताउनु भयो।
अहिलेसम्म कोरोनाको लडाइँ जितेर घर फर्किनेको संख्या ४९ पुगेको छ भने मृत्यु हुनेको संख्या ३ रहेको छ।