काठमाडौं ,८ जेठ
नेपालमा कोरोना सन्क्रमितको संख्या ४५३ पुगेको छ। थप ९ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.बिकास देवकोटाले नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका छ्न ।
डा.देवकोटाका अनुसार झापामा ८ जना पुरुषहरु ,रुपन्देहीमा १ जना पुरुषमा कोरोनाको पुष्टि भएको डा.अधिकारीले बताए। झापाका ९ जना पुरुषहरुको उमेर १७ , १८ वर्षका दुई जना ,२० वर्षका २ जना , २३,५२ र ५४ वर्षका पुरुषहरु र रुपन्देहीमा २७ वर्षका पुरुष रहेको डा.देवकोटाले जानकारी दिएका छ्न।
उनिहरुको परिक्षण बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा गर्दा पोजेटिभ देखिएको डा.अधिकारीले बताएका छ्न। अहिले उनिहरुको अबस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको निगरानीमा रहेको पनि डा.अधिकारीले बताउनु भयो। अहिलेसम्म कोरोनाको लडाइँ जितेर घर फर्किनेको संख्या ४९ पुगेको छ भने मृत्यु हुनेको संख्या ३ रहेको छ।
अहिलेसम्म संक्रमण हुनेमा ३८३ पुरुषहरु र ७० महिला रहेका छ्न र ३८ जिल्लाका मानिसहरु संक्रमण भएका छ्न । जसमध्ये प्रदेश न १ मा ८४, प्रदेश न २ मा १२६ , बागमती प्रदेशमा २६ , गण्डकी प्रदेशमा ४ , प्रदेेश न ५ मा १९७ , कर्णाली प्रदेशमा १ र सुदुरपश्चिम प्रदेशमा ५ जना रहेको डा.देवकोटाले बताए।