काठमाडौं ,५ जेठ
बाँके जिल्लामा ४७ जना र अन्य जिल्ला गुुल्मी र धनुसामा ६ जनामा गरि ५३ जनामा भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।
भेरी अस्पतालस्थित प्रयोगशालामा १९० जनाको परीक्षण गर्दा ४७ जनाको रिपोर्ट पोजेटिभ आएको छ । यो संगै नेपालमा कोरोना सन्क्रमितको संख्या ३५७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.बिकास देवकोटाले बताए।
धुलिखेल अस्पतालको ल्याव प्रयोगशाला र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरि ६ जनाको कोरोनाको संक्रमणको रिपोर्ट पोजेटिभ देखिएको थियो।
अहिलेसम्म कोरोनाको लडाइँ जितेर घर फर्किनेको संख्या ३६ रहेको छ भने कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या एउटा महिला र अर्को पुरुष गरी दुई रहेको छ।
बाकेमा सन्क्रमित हुनेमा ४७ मध्ये ४६ जना पुरुषहरु र १ जना महिला रहेको छ। सबैको उमेर १८ वर्ष देेखि ४६ वर्ष उमेर समुहको रहेको प्रवक्ता डा.बिकास देवकोटाले जानकारी दिए। हाल अहिलेसम्मकै ३१ जिल्लामा कोरोना सन्क्रमित देखिएको छ। नेपाल भरी ४०५ जना रेड जोनमा रहेका छ्न।