काठमाडौं ३, जेठ
नेपालमा थप दुई जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ।
शनिबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा काभ्रे र महोत्तरीका दुई जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए। संक्रमित काभ्रेका २६ वर्षीय पुरुष र महोत्तरीका ५२ वर्षीय पुरुष रहेको प्रवक्ता देवकोटाले जानकारी दिए।
योसँगै कोरोनाबाट संक्रमितको संख्या २७८ पुगेको छ। संक्रमितमध्ये २२४ जना पुरुष र ५४ जना महिला रहेका छन्। संक्रमितमध्ये ३६ जना भने निको भएर घर फर्किसकेका छन्।
अहिलेसम्म नेपालमा आरडिटी परीक्षणबाट ६५ हजार २ सय १० जनाको परिक्षण गरिएको छ भने पिसिआर परिक्षण बाट २२ हजार ६ सय ९१ जनाको गरिएको छ।