काठमाडौं , २३ असार
काठमाडौंमा २४ सहित देशभर थप २०४ जनामा कोरोना पोजेटिभ देखिएको छ। नेपालमा कोरोना भाइरसको संक्रमण बढ्दो छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफिङ कार्यक्रममा प्रवक्ता डा. जागेश्वर गौतमले थप २०४ जनामा संक्रमण पुष्टि भएको बताए।
विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा सो संक्रमण पुष्टि भएको हो। मगंलबार थपिएका सहित नेपालमा संक्रमित संख्या १६ हजार १ सय ६८ पुगेको छ।
महोत्तरी, रौतहट, पाल्पा, अछाम, कैलाली र बाजुरामा ५ सय भन्दा बढी संक्रमित आइसोलेसनमा रहेका छन्।
७७ जिल्लामा कोरोना फलिएकोमा हाल ४ वटा जिल्लामा कोरोना मुक्त भएका मन्त्रालयको नियमित कोरोना अपडेटमा इपिडिमियोलोजि तथा रोग नियन्त्रण शाखाका निर्देशक डा बासुदेब पाण्डेले बताउनु भयो। जसमध्ये तेहथुम, भोजपुर, सोलुखुम्बु र हुम्ला रहेका छन्।
डा. पाण्डेका अनुसार समुदायमा अहिले संक्रमण फैलिसकेको छैन। काठमाडौंमा अहिलेसम्म २६७ जनामा कोरोना पोजेटिभ देखिएको छ । जसमध्ये १७५ काठमाडौं , ललितपुर ४१ जना र भक्तपुरमा ४१ जना रहेका छ्न। जसमध्ये ७९ जना बिदेशबाट आएकाहरुमा कोरोना पोजेटिभ देखिएको छ।
हालसम्म कोरोनाबाट मृत्यु हुने संख्या ३६ पुगेको छ।