काठमाडौं , १४ श्रावण
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १५ जनालाई कोरोना भाइरस रोग (कोभिड – १९) पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा .जागेश्वर गौतमले काठमाडौंका १४ र भक्तपुरका १ सहित देशभर २१० जनालाई कोरोना पुष्टि भएको जानकारी दिनुभयो ।
उहाँका अनुसार हाल देशभर ५ हजार १२९ जना सक्रिय संक्रमित रहेका छन् । आज २१० जना थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार २७३ पुगेको छ ।
नेपाल भरी अहिलेसम्म कोरोना मुक्त हुनेको संख्या १४ हजार २१ पुगेको छ भने कोरोनाबाट मृत्यु हुनेको संख्या ४९ रहेको छ।