काठमाडौं , ०९ जेठ
बाके स्थित २१ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा रहेको उपचाररत २१ जनाको दोस्रो पटकको कोरोना परीक्षणको रिर्पोट नेगिटिभ आएपछि डिस्चार्ज भएको भेरी अस्पतालका प्रवक्ता बद्री चापागाईंले बताए ।
उनका अनुसार संक्रमित नेपालगञ्ज उपमहानरपालिका वडा नम्बर ८ का हुन् । डिस्चार्ज हुनेमध्ये बाँकेका पहिलो पटक कोरोना देखिएका मुस्लिम धर्मगुरु ६० वर्षिय पुरुष पनि छन्। वैशाख १९ गते पहिलो संक्रमित भेटिएका थिए। हाल अस्पतालमा ६ जना संक्रमित रहेका छन् ।
यो सँगै नेपालमा कोरोना निको हुने संख्या ७० पुगेको छ । हालसम्म कोरोना संक्रमित ५ सय ७ पुगेको छ भने मृत्यु हुनेको संख्या ३ रहेको छ।