काठमाडौँ, वैशाख १ गते २०७७
काठमाडौंमा एकै परिवारका तीन जनालाइ कोरोना संक्रमणकाे आशंकामा उपचारका लागि प्रहरीले पाटन अस्पताल पठाएको छ । काठमाडाैंकाे पेप्सिकोलास्थित सनसीटी अपार्टमेन्टमा रहेका ३ जनामा कोरोना भाइसर (कोभिड–१९) आशंका गरिएको हो ।
पेप्सिकोला अपार्टमेन्टमा बस्दै आएका ३ जनामाथि कोरोनाको आशंका गरिएको र उनीहरुको थप टेस्टको लागि अस्पताल पठाएकाे प्रहरीले जनाएकाे छ ।
उनीहरूलाई नगरपालिकाले गरेकाे र्यापिड टेस्ट परिक्षण गर्न कोरोना पाेजेटिभ देखिएपछी अहिले अपार्टमेन्टलाइ सिल गरेर राखिएकाे बताइएको छ ।
उनीहरु २८ दिनअघि बेलायतबाट आएको खुलेको छ । उनीहरुमा लक्षण देखिएपछि र्यापिड टेष्ट गरिएको थियो ।
उनिहरुमा कोरोना संक्रमण भएको विषयमा आधिकारिक रुपमा पुष्टि भने भएको छैन ।