काठमाडौं ,१३ जेठ
आज एकै दिन सबैभन्दा धेरै ९० जनामा कोरोनाको पुष्टि संगै कुल संक्रमितको संख्या ७७२ पुग्यो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परिक्षणमा महोत्तरीका २ जना पुरुष , जुम्लाका २ जना पुरुष , बाराका ३जना पुरुष , रौतहटका २२ जना पुरुषहरु , सिरहाका ५ जना , धनुषा १ जना पुरुषमा कोरोनाको पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.बिकास देवकोटाले जानकारी दिएका छ्न।
भेरी अस्पताल बाकेमा भएको परिक्षणमा रुपन्देहीका ७ जना पुरुष छ्न। जसमध्ये कपिलवस्तुका २ जना , अर्घाखाँचीका २ जना पुरुष , गुल्मीका २ जना पुरुषमा कोरोनाको पोजेटिभ देखिएको छ।
सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षण २ जना पुरुषमा कोरोनामा पुष्टि भएको छ। जसमा कैलालीका १ जना र अछामका १ जना पुरुषमा कोरोनको पोजेटिभ देखिएको डा. देवकोटाले बताउनु भयो।
त्यस्तै पोखराको प्रयोगशालामा गरिएको परिक्षणमा स्याङ्जाका २ जना पुरुषमा कोरोनाको संक्रमण देखिएको छ। सुर्खेतमा गरिएको परिक्षणमा १२ जनामा पोजेटिभ देखिएको छ। नेपालगन्जमा ७ जनामा पोजेटिभ देखिएको छ ।
राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा कपिलवस्तुका २४ जनामा पोजेटिभ देखिएको छ। जसमा २ वर्षकि बालिका सहित १९ देखि ५५ वर्षका पुरुषहरु रहेको डा.देवकोटाले जानकारी दिनु भयो।
हाल सम्म १५५ जना कोरोना संक्रमितको उपचारपछिको जाँचमा कोरोना नेगेटिभ देखिएपछि डिस्चार्ज भएका छन् । कुल संक्रमीत मध ७७२ जना मध्ये ६९१ पुरुष र ८१ महिला रहेको डा.देवकोटाले जानकारी दिएका छ्न। हाल सम्म ४६ जिल्लामा संक्रमण फैकिसकेको छ।