काठमाडौं , १८ असार
नेपालमा पछिल्लो चौबीस घण्टामा काठमाडौं २९ जना र, ललितपुरका १ पुरुष र भक्तपुरमा २ सहित ४७३ जनामा कोरोनाको पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले पछिल्लो चौबीस घण्टामा १०९ महिला र ३६४ पुरुष लागेर ४७३ जनामा कोरोना सन्क्रमित देखिएको बताए ।
डा. गौतमका अनुसार नेपालमा अहिलेसम्म कुल सन्क्रमितको संख्या १४ हजार ५१९ जनामा सन्क्रमित देखिएको छ।पछिल्लो २४ घण्टामा थप ६६४ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको कुल संख्या ५ हजार ३२० पुगेको छ।
देशभरका बिभिन्न अस्पतालका आइसोलेशनमा १० हजार १३७ जना उपचाररत छन् ।
त्यसैगरी आज महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा एक डेढ महिने शिशुको मृत्यु भएको छ ।
यो संगै हालसम्म देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३१ पुगेको छ ।