काठमाडौं , १५ श्रावण
पछिल्लो चौबीस घण्टामा काठमाडौं उपत्यकामा ४५ सहित देशभर २७४ जनामा कोरोना पोजेटिभ देखिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा . जागेश्वर गौतमले चौबिस घण्टामा उपत्यकामा थप ४५ जनामा संक्रमण देखिएको बताउनु भयो।
जसमा काठमाडौँका ४१ जना, ललितपुरका २ जना र भक्तपुरका २ जना रहेका छन ।देशभर सक्रिय संक्रमितको संख्या ५ हजार २२७ छ्न।
पछिल्लो चौबीस घण्टामा देशभर २२७ जना संक्रमीत कोरोना मुक्त पछि डिस्चार्ज भएका छ्न् ।यो संगै अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १४ हजार २४८ जना पुगेको छ।
त्यस्तै गरि देशभरका क्वारेन्टाइनमा १३ हजार २०१ जना रहेका छ्न। नेपालभर ६ हजार ३०४ जनाको पिसिआर परिक्षण गर्दा २७४ जनामा पिसिआर पोजेटिभ देखिएको हो।