काठमाडौं ,०९ जेठ
कोरोना भाइरसका २० संक्रमित थपिएका छन् ।
सेती प्रादेशिक अस्पतालमा भएको प्रयोगशालामा कोरोना परीक्षणमा कैलालीमा तीन जना १९, २३ र २६ वर्षीय पुरुष रहेका छन ।
डडेल्धुरा परशुराम १० का २८ वर्षीय १ जना पुरुष र बैतडी शिवनाथ १ का एक जना पुरुष रहेका छन् । बाँकेमा १४ जना नयाँ सन्क्रमित देखिएका स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.बिकास देवकोटाले जानकारी दिएका छ्न। एकजना रतुवामाई मोरङका रहेका छन् ।
कुल संक्रमितको संख्या ५०७ पुगेको छ । हालसम्म कोरोना संक्रमित जिल्ला ४० छन् । बाँकेका १४ जना १८ देखि ६१ वर्षका पुरुष रहेका छन् ।
हाल सम्म ७० जना कोरोना संक्रमितको उपचारपछि डिस्चार्ज भएका छन् । बाकेबाट आज एकै दिन २१ जना कोरोना मुक्त पछि घर फर्केका डा.देवकोटा बताए।