काठमाडौं , ८ जेठ
कोरोना जितेर थप ४ जना घर फर्केका छन् । पछिल्ला दुईवटा रिपोर्ट नेगेटिभ आएपछि टेकुस्थित शहीद शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालबाट बिहीबार ४ जना डिस्चार्ज भएर घर फर्केका हुन । निको हुनेमा २ जना भक्तपुर र २ जना काठमाडौंका रहेको छन् ।
उनीहरुमा २ पुरुष र २ जना महिला रहेको अस्पतालका निर्देशक डा. सागरराज राजभण्डारीले जानकारी दिए ।
उनिहरुमध्ये २३ वर्षीय महिला, ३७ वर्षीय पुरुष, २५ वर्षीय महिला र २७ वर्षीय पुरुष रहेको स्वास्थ्य मन्त्रालय प्रवक्ता विकास देवकोटाले जानकारी दिए । प्रवक्ता देवकोटाअनुसार उनीहरु ९ दिनमा अस्पतालबाट डिस्चार्ज भएका हुन ।
निको भएर घर फर्केकामध्ये भक्तपुरका २७ वर्षका भिम रावलका सुरक्षा गार्ड , एक जना ललितपुरको पुल्चोकस्थित आरोग्य फाउन्डेशनकी महिला कर्मचारी पनि रहेकी छन् । त्यस्तै चन्द्रागिरी नगरपालिकाकि २५ वर्षकि महिला र सोही नगरपालिकाका ३७ वर्षका पुरुष कोरोना जितेर घर फर्कीएका छ्न।
थप ४ जना निको भएसंगै हालसम्म नेपालमा कोरोना जितेर घर फर्किनेको संख्या ४९ पुगेको छ। कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या पनि ३ पुगेको छ। थप मृत्यु हुनेमा १ जना गुल्मीका ४१ वर्षका शिक्षक रहेका छ्न।