काठमाडौं , २ साउन
शुक्रबार नेपालमा एक सय एक जनामा कोरोना संक्रमण भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार चार सय ४५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
आज चार हजार छ सय ८८ जनाको आरटी पीसीआर विधिबाट परीक्षण गरिएको थियो। यस्तै पछिल्लो २४ घण्टामा दुई सय ८५ जना डिस्चार्ज भएका छन्।
यो सँगै डिस्चार्ज हुनेको संख्या ११ हजार ५ सय ३४ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए।
मुलुकभर पाँच हजार ८७१ जना संक्रमित आइसोलेसनमा उपचाररत छन् भने २२ हजार सात सय ५६ जना क्वारेन्टिनमा रहेका छन्।