डा.दीनेश न्यौपाने
कोरोनालाई नियन्त्रणमा लिन १५ ओटा नियम अनुसारको पालना गर्नुपर्दछ :
१) एक महिनाको लकडाउन ।
२) दिनको २०००० पिसिआर टेस्टिङ्। उच्च जोखिम भएकाहरुलाई मात्र। माइक्रोबाइलोजि मात्र होइन ल्याब असिस्टेन्टका बिद्यार्थीहरुलाई पनि क्षमता अनुसार काममा लगाउने। यति गर्ने हो भने एक महिनामा ६ लाख पिसिआर गर्न सकिन्छ।
३) कन्ट्याक ट्रेसिंगमा मात्रात्मक र गुणात्मक सुधार। यसको लागि जनस्वास्थ्य संकायका सम्पूर्ण बिद्यार्थी, बिद्यालयका शिक्षक, महिला स्वास्थ्य स्वयं सेविका, सेना, पुलिस र सबै पार्टीका पूर्णकालिन कार्यकर्ताहरु। केश देखिने बित्तिकै ५-६ घण्टामा सबै सम्भावित संक्रमितहरुको कन्ट्याक ट्रेसिंग गरेर क्वारेन्टिनमा राख्ने गरि काम गर्ने। कम्तिमा १ संक्रमित भेट्टाउंदा १५ जना क्वारेन्टिनमा राख्न सकियोस।
४) भारत लगायत अन्य देश बाट आउनेहरुको लागि सिमानामा नै उचित क्वारेन्टिनको व्यवस्था। सशत्र प्रहरी, क्याम्पस पढ्ने बिद्यार्थी र टोल समिति लगायतलाई बोर्डरमा खटाउने। खुला सिमानाकामा अनुगमन को राम्रो व्यवस्था गर्ने। थप कर्मचारीहरु खटाउने। आबस्यक परे भूपू पुलिस र आर्मीहरुलाई खुला सिमानाको रेखदेख गर्न लगाउने।
५) चिकित्साशास्त्र पढ्ने बिद्यार्थी सबैलाई उनीहरुको ज्ञान र क्षमताको आधारमा कोरोना सम्बन्धि कुनै न कुनै काममा खटाउने। आइसोलेसन वार्ड हरुलाई गम्भीर र सामान्य बिरामीको रुपमा दुई भागमा बर्गिकरण। अझै पनि शतप्रतिशत डेडीकेटेट अस्पताल छुट्याउने। त्यहाँ काम गर्ने सबै स्वास्थ्य कर्मीहरुलाई कोरोनाका बिरामीको मात्र उपचार गर्ने गरि खटाउने। आबस्यक उपकरण र पिपिई को व्यवस्था गर्ने।
६) फिल्डमा खटिने तथा अति आबस्यक काम गर्नेहरुको लागि मास्क, स्यानिटाइजर र साबुन पानीको व्यवस्था गर्ने।
७) सामाजिक दुरी कायम गर्न, मास्क लगाउन र साबुन पानीले हात धुने उपायहरु नागरिकले राम्रो संग पालना गर्ने।
८) भोज भतेर, आन्दोलन जस्ता मान्छे जम्मा हुने केहि काम पनि नगर्ने।
९) कोरोना संक्रमितहरुको लागि ओसार पसार गर्न तालिम प्राप्त ड्राइभर र एम्बुलेंस हरुको ब्यबस्था गर्ने।
१०) प्रधानमन्त्री, अन्य मन्त्रीहरु र कर्मचारीहरु (स्वास्थ्य बाहेकका) दिनको कम्तिमा ५० प्रतिशत समय कोरोना रोकथामका कार्यक्रमहरुमा खर्चिने।
११ ) माथिका कार्यले जो जो जसलाई खान समस्या हुन्छ उनीहरुलाई आबस्यक खाद्यान्न को सरकारले जोहो गर्ने। चुलो नबल्ने हरुको लागि होटेलहरुमा खान ख्वाउने ब्यबस्था गर्ने।
१२ ) कम्तिमा १०० जना Epidemiologist हरु तत्कालै नियुक्ति गरेर हरेको दिनको तथ्यांकको सुष्म विश्लेषण गरेर रणनीति बनाउने।
१३ ) यो सबै काम गर्नको लागि २४ घण्टा काम गर्ने गरि अधिकार सहितको उच्चस्तरीय समिति बनाउने। आलोपालो गरेर समितिले २४ सै घण्टा काम गर्ने व्यवस्था मिलाउने।
१४) जसले जहाँबाट कोरोना नियन्त्रण र रोकथाममा जे योगदान गर्न सकिन्छ गर्ने।
१५) स्रोत साधनको ब्यबस्था गर्न ६ महिनाको सबै विकास खर्च कोरोना नियन्त्रणमा लगाउने (सांसदहरुलाई दिने समेत यसमा नै लगाउने) ।
Comments 1