काठमाडौं, १७ भाद्र २०७७
“नेपाल फिजियोथेरापी संघले आफ्ना सदस्यहरुको १ करोड बराबरको विमा नि:शुल्क संघकै लागतमा गरेको छ।”
देशको एक मात्र फिजियोथेरापिष्टहरुको छाता संगठन “नेपाल फिजियोथेरापी संघले (नेप्टा) आवेदन दिएका सबै साधारण सदस्यहरुको विमा संघकै लागतमा गरिदिएका छन्। पछिल्लो समय स्वास्थ्यकर्मीहरुमा समेत कोरोणा संक्रमण बढदै गएको छ।
फिजियोथेरापिष्टहरुले विरामीको नजिक गई उपचार गर्नु पर्ने हुदा संक्रमणको जोखिम हुने गरेको संघका प्रवक्ता तथा महासचिव समिद कतिला श्रेष्ठले बताए ।
कोरोना पोजेटिभ भएका सबैलाई फिजियोथेरापी आवस्यक नभए पनि केही स्वासप्रस्वासका समस्याहरु तथा अन्य शरीरमा समस्याहरुको यो उपचार गर्नुपर्ने हुँदा हाल केही अस्पतालहरुमा कोरोना विरामीलाई फोजियोथेरापी भईरहेको छ। यो भन्दा बाहेक बाहिरगं सेवामा (ओ पि डी) पनि फिजियो चिकित्सकहरुलाई संक्रमण सर्ने सम्भावना बढी हुने गर्छ।
कुल ६०० जना सद्स्य भएको यस संस्थाले हाल आवेदनको आधारमा सय भन्दा बढीको कोरोना विमा गरेको छ। यसले यस्तो बेला समेत काममा निरन्तर खटिएका स्वास्थ्यकर्मीहरुको मनोबल बढाउने र प्रोत्साहन बढ्ने संघको धारणा रहेको छ।
यो विमा गरेका कोही फिजियो चिकित्सकलाई कोरोना लागे १ लाख विमाकं रकम पाउने संघका कोषाध्यक्ष दिल्दिप खनालले बताए । संघका उपादक्ष नविना श्रेष्ठ र कोषाध्यक्ष दिल्दिप खनालको संयोजकत्वमा यो कार्य सम्पन्न भएको छ।
यो विमा गर्नको निमित्त अष्ट्रेलियामा भएका नेपाली फिजियोहरुले समेत संघलाई आर्थिक रुपमा सहयोग गरेकाछन । सय भन्दा बढीको विमा गर्दा कुल विमाकं रकम एक करोड नौ लाख हाराहारी हुन आउछ ।